‘हर्के हल्दार’ टिमद्वारा बसुन्धारा र टुसालका ७१ परिवारलाई राहत वितरण


काठमाडौं । समाजसेवी एवम् हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का निर्माता इन्द्र दोङ्ग लामा खम्बे र उनको सम्पूर्ण ‘हर्के हल्दार’ टिम यतिबेला दीनदुःखीको सहयोगमा लागिपरेका छन् । कोभिड–१९ का कारण निम्तिएको निषेधाज्ञा लगायत अन्य जटिल परिस्थितिमा उनीहरुले धेरैजनाको भोक टारिदिन सफल भएका छन् । निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेदेखि अन्य असहायलाई उनीहरुले खाद्य सामाग्री वितरण गर्दै आएका छन् ।

आईतबार पनि कान्तिपुर टेलिभिजन बाट हरेक आइतबार बेलुकी ९ बजे प्रसारण हुने चर्चित हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का कलाकारद्वारा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छन्। निषेधाज्ञाका कारण छाक टार्न गाह्रो भएका असाहय, पिडित, दृष्टिबिहिन, अनाथ, एकल महिला, अशक्त अपाङ्ग तथा बिरामी र श्रमिक मजदुरहरुलाई बसुन्धारा ४९ र बौद्ध टुसालमा २२ जना परिवारलाई खाद्य सामाग्री वितरण गरिएको निर्माता लामाले बताए। यस्तै, तारकेश्वर नगरपालिका वडा नम्बर ७ मा अवस्थित नेपालको बाल बालिकाहरुका लागि ज्योति संस्थालाई पनि ५ बोरा चामल संस्थामै पुगेर वितरण गर्नुका साथै आगामी दिनमा पनि आवश्यक सामाग्री सहयोग गर्ने उनले बताए ।

दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरको बर्तमानको निधाषेज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुँदा, यथेस्ट संचित खाधान्नहरुको अभाव भै चुल्हो बाल्न समस्या भएका कारण तत्काल राहतको आवस्यकता भएका अति बिपन्न मजदुरहरुको राहतको लागी आफुले सहयोग गरेको लामाले बताए ।

आफ्नो आजको अभियानमा विशेषगरी विराज पेन्ट्सबाट सहयोग प्राप्त भएको बताउँदै समाजसेवी लामाले अभियानमा सहयोग गर्ने बसुन्धारा निवासी समाजसेवी दिपक भण्डारी र सम्पूर्ण सहयोगी दाताहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण कलाकार मित्रहरूलाइ धन्यवाद व्यक्त गरेका छन् ।

सम समाहिक विषय बस्तुलाई व्यङ्गत्माक तबरबाट सामाजिक सद्भाव फैलाउँदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” को तर्फबाट गरिएको राहत वितरण कार्यक्रममा हास्यकलाकार तथा नेपालको पहिलो जादुगर महादेव त्रिपाठी, वडाध्यक्ष दिपक के।सी। लगायत “हर्के हल्दार” को सम्पुर्ण कलाकारहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: समय: 8:15:54  386पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार