पहिरो जाँदा चिसापानी देउखेल सडक खण्ड अवरुद्ध


मकवानपुर । रामचन्द्र मोक्तान : निरन्तर परेको वर्षाका कारण चिसापानी देउखेल जोड्ने देउखेल घले गाउँ सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।

चिसापानी देउखेल सडक खण्ड अन्तर्गत थाहानगरपालिका वडा नम्बर ७ देउखेल घले गाउँमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थाहा ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले जानकारी दिए ।

वडा अध्यक्ष लगायत स्थानीय युवाहरुको सक्रियतामा पहिरो पन्छाएर केही समय बाटो सुचारु भएपनि लगातार परेको वर्षाका कारण पहिरो झरेर पुनः बाटो अवरुद्ध भएको अध्यक्ष मुक्तानले बताए ।

प्रकाशित: समय: 21:36:16  347पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार