थाहामा वाइसीएल नगर कमिटीको समन्वयमा विपन्न परिवारलाई खाद्यान्न सहयोग


काठमाडौं ।  रामचन्द्र मोक्तान : मकवानपुर को थाहानगरपालिका वडा नम्बर १ र ११ का विपन्न परिवारलाई थाहा नगर कमिटी वाइसीएलको समन्वयमा नेकपा माओवादी केन्द्रको सहकार्यमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

थाहा १ स्थित ५ परिवार र थाहा ११ का १ परिवारलाई प्रती परिवार १ बोरा चामल ,२ किलो नुन ,२ किलो दाल ,२ लिटर तेल सहयोग प्रदान गरिएको माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोलेले जानकारी दिए ।

जसमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, वाइसीएल मकवानपुर जिल्ला सदस्य तथा उद्योग तथा पर्यटन विभाग प्रमुख गुमन सिं मोक्तान (अरुण ) ,वाइसीएल जिल्ला सदस्य सानोबाबु मोक्तान ,वाइसीएल थाहानगर अध्यक्ष मान सिं दोङ ,वरिष्ठ उपाध्यक्ष संग्राम विष्ट ,उपाध्यक्ष दिवाकर गोपाली ,कोषाध्यक्ष देवकी तामाङ ,सचीव युवराज विष्ट ,सहसचिव कृष्णमान लो ,सहसचिव राजिव बिक्रम खड्का लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित: समय: 21:54:33  290पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार