थाहानगर एमाले पार्टी अध्यक्षद्वारा खाद्यान्न सहयोग


काठमाडौं । रामचन्द्र मोक्तान : मकवानपुरको थाहानगरपालिका  एमाले पार्टी अध्यक्षद्वारा थाहानगर ७ को वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेका छन् ।

थाहानगरपालिका एमाले नगर पार्टी अध्यक्ष अच्युतम ढकालद्वारा आफ्नो व्यक्तिगत तर्फबाट १० बोरा चामल ,२५ किलो दाल ,दुई कार्टुन तेल र ५ कार्टुन चाउचाउ सहयोग प्रदान गरिएको थाहानगर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले जानकारी दिए ।

सहयोग प्रदान गर्नुभएकोमा वडाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।

प्रकाशित: समय: 18:05:24  371पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार