निषेधाज्ञाको मारमा पर्दा किसानलाई आलुले बजार नपाउँलाकि भन्ने चिन्ता


काठमाडौं ।  रामचन्द्र मोक्तान : मकवानपुर को उत्तरी क्षेत्रमा अवस्थित थाहानगरपालिका तरकारी खेतिका लागि प्रसिद्ध ठाउँ हो ।
यहाँका बासिन्दाको मुख्य आम्दानीको श्रोत भनेको नै तरकारी खेती हो । यतिबेला यहाँका किसानलाई आलु खन्न भ्याइनभ्याईको चटारो छ । माघ महिनाको पहिलो साताबाट रोपेको आलु जेठ महीनाको पहिलो सातादेखि खन्न सुरु गरिन्छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ संक्रमणका कारण नेपाल सरकारले गरेको निषेधाज्ञाको मारमा पर्दा आलुले बजार नपाउँलाकि भन्ने चिन्ता लागेको थाहानगर ७ का किसान भिमबहादुर लामा बताउँछन् ।

यो ठाउँमा उत्पादन हुने आलु देशको मुख्य बजार काठमाडौं ,हेटौंडा ,पोखरा ,बिरगंज लगायतका बजारमा लैजाने गर्दछ l समग्रमा थाहानगरपालिका भित्रबाट वर्षेनी ८० देखी ९० करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गर्दछ र यहि आलु सबै बाहिरी बजारमा बिक्रीवितरण हुने गर्दछ ।

यहाँका किसानको मुख्य आयस्रोत भनेको नै तरकारी खेती भएको र तरकारी खेतिसंग जोडिएको दिनचर्या प्राय खेति किसानिमै बित्ने गरेको तामाङपेज संगको सम्बादमा लामा बताउनु हुन्छ ।

प्रकाशित: समय: 8:51:29  982पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार