थाहामा वाइसीएल र माओवादी केन्द्रद्वारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग


काठमाडौं ।  रामचन्द्र मोक्तान : मकवानपुर को थाहानगरपालिका वडा नम्बर ७ का अति विपन्न परिवारलाई वाइसीएल र माओवादी केन्द्रद्वारा खाद्यान्न सहयोग गरेका छन् ।

थाहा ७ स्थित अति विपन्न तीन परिवारलाई कालथुङ्गेमा एक जना एकल महिला ,राम बहादुर थिङ ,र ठुली माया गोलेलाई प्रति परिवार १ बोरा चामल ,१लिटर तेल ,२प्याकेट नुन ,२ किलो दाल ,र १ थान साबुन वितरण गरिएको वाइसीएल थाहानगर अनुशासन विभाग प्रमुख मोहन थिङले जानकारी दिए ।

जसमा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोले ,जिल्ला सदस्य जयराम रायमाझी ,वाइसीएल जिल्ला सदस्य तथा उद्योग पर्यटन विभाग प्रमुख अरुण मोक्तान , वाइसीएल थाहानगर अनुशासन विभाग प्रमुख मोहन थिङ र काजीमान थिङ लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित: समय: 10:07:38  517पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार