भ्याक्सिन उपलब्ध गराईदिन वैज्ञानिकसमक्ष जिपी कोईराला फाउन्डेशन अमेरिकाको आग्रह


अमेरीका । जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरूले प्रसिद्ध अमेरीकी वैज्ञानिक डा.डेविड नलिनलाई नेपाललाई कोभिड भ्याक्सिन उपलब्ध गराईदिन विशेष पहल गरिदिन आग्रह गरेका छन् ।

वैज्ञानिक डा. नलिनको निवास वेस्ट चेस्टर पेन्सेल्भिनीयामा विशेष भेटघाट गरी फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे,उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले वर्तमान जटिल अवस्थामा नेपाल र नेपाली जनताको ध्यान कोभिड नियंत्रणमा हुनुपर्ने र सोका लागी अमेरीकी सरकारका तर्फवाट नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन विशेष पहल गरिदिन आग्रह गरेका हुन्।

अध्यक्ष घिमीरेले उनीजस्तो नेपाल बुझेको र आफ्नो जीवनकालमा ४७ पटक नेपाल भ्रमण गरी तत्कालीन राजा, प्रधानमन्त्री एवं शासकहरूसँग लामो उठवस एवं ग्रामीणदेखी शहरी जनजीवनसँग साक्षात्कार वैज्ञानिकले अमेरीकन सरकारलाई वस्तुस्थिती दर्शाउँदा अमेरीकन सरकारको गम्भीर ध्यानाकर्षण हुनेमा जोड दिँदै सो का निमित्त पहल गरिदिन आग्रह गरे ।

यस्तै, उपाध्यक्ष सुवर्ण लामाले नेपाल पीडामा हुँदा उनको चित्त दुख्नु स्वाभाविक भएको बताउँदै समाधानको लागी डा. नलिन जस्तै वैज्ञानिकको सहयोगको खाँचों रहेको कुरामा जोड दिए भने प्रवक्ता रामचन्द्र अधिकारीले यस समयमा फाईजर र मोर्डेनाजस्ता कम्पनीहरूका खोप यथाशीघ्र नेपाल पठाई कोरोना संक्रमण रोकथाम गर्न फाउन्डेशन लागीपरेको र डा. नलिन जस्तो वैज्ञानिकले पहल गरीदिएमा अवश्य खोप पाउने आशा व्यक्त गरे ।

पत्रकार मुकुन्द सुवेदीले डा. नलिन वास्तवमा यस युगको महान वैज्ञानिक भएको र उनले चालेको कदममा अमेरिकी सरकारले समेत नाईं भन्न नसक्नेहुँदा खोपका निमित्त पहल गरिदिन विशेष अनुरोध गरे ।

फाउण्डेशनको अनुरोधपछी वैज्ञानिक नलिनले यस्तो पुण्य र मानवीय कार्यमा आफ्नो पुरा साथ सहयोग र सरकारको ध्यानाकर्षण गरी भ्याक्सिन उपलब्ध गराउन अनुरोध हुने विश्वास दिलाए । उनले आफुले देखे भोगेको नेपाल र नेपालीप्रती माया, सदभाव र स्नेह दर्शाऊँदै उनीहरूको जीवनरक्षाको लागी अमेरीकी नेपाली समुदायसँग मिलेर कदम चाल्न आफु तयार रहेको विश्वास व्यक्त गरे।

डा. नलिन ६० को दशकमा जीवनजलका आविष्कार वैज्ञानिकका साथै अमेरीकी सरकारको स्वास्थ्य र अनुसंधान सम्बन्धि उच्च सेवामा रही लामोसमयसम्म काम गरेका वैज्ञानिक हुन् ।

प्रकाशित: समय: 17:19:43  161पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार