बकैया गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु


काठमाडौं  । मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ५ बदैराका ६० वर्षीय जगत बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मंगलबार राती घर नजिक ट्याङ्कीमा पानी तान्ने क्रममा करेन्ट लागेर माझीको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

मृतक माझीको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 22:10:11  213पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार