थाहाका छापेली युवा समाजद्वारा स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । रामचन्द्र मोक्तान : मकवानपुरको थाहानगरपालिका वडा नम्बर ८ मा छापेली युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

थाहानगरपालिका वडा नम्बर ८ छापका ५० घर धुरिलाई एक घर एक प्याकेट मास्क,एक साबुन ,एक सेनिटाइजर ,वितरण गरिएको थाहा ८ का वडा अध्यक्ष टिकाराम रुम्बाले जानकारी दिए ।

छापेलि युवा सामाजले थाहा ८ वडा कार्यालयलाई पनि १ हजार पिस मास्क सहयोग गरेको वडा अध्यक्ष रुम्बाले बताए ।

प्रकाशित: समय: 22:05:18  817पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार