थप ४३४४ मा कोरोना पुष्टि,५७६८ जना संक्रमणमुक्त,८१ को मृत्यु


काठमाडौं । नेपालमा थप चार हजार तीन सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०७४ जनामा गरिएको पीसीआर परीक्षणमा ३४४९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ४५६८ जनाको गरिएको एन्टिजेन परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५७६८ जना संक्रमणमुक्त भएका छन् । काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१७८ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ८०३३६ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् ।

प्रकाशित: समय: 17:13:29  206पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार