जनमोर्चाका सांसद थापाको पुनर्बहालीविरुद्ध सर्वोच्चमा पुनरावलोकन मुद्दा दर्ता


काठमाडौं । गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा पुनरावलोकन मुद्दा परेको छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख र जनमोर्चाका सांसद पियारी थापालगायतले पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् ।

मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ । मुद्दको पेशी भोलिललाई लागि तोकिएको छ । गण्डकीमा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् । सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको सन्दर्भमा भ्याकेट निवेदन परेको हो ।

गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको भन्ने मुख्य कारण देखाई उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम जनमोर्चाको सिफारिसमा हटाइएको थियो ।

 

प्रकाशित: समय: 14:47:04  648पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार