विश्वमा १ करोड २८ लाख भन्दाबढी सक्रिय संक्रमित


विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार १२७ जना संक्रमित थपिएसंगै कोरोना भाईरस संक्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १० हजार १६४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ६२५ पुगेको छ । हालसम्म १५ करोड ८१ लाख ३३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये, १ करोड २८ लाख ४२ हजार २०२ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । जसमध्ये ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख १३ हजार ५२ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा संक्रमण भएको छ भने ३ लाख ५३ हजार ५५७ जनाको मृत्यु भईसकेको छ। २ करोड ७४ लाख ९६ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित: समय: 8:56:51  44पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार