काठमाडौं । जर्मन सरकारले नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
जर्मन सरकारले ६२ वटा भेन्टिलेटर, २७ हजार ५ सय एफएफपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट छ । जर्मनबाट केही सामग्रीहरू अझै आउने क्रममाः रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।