थाहाका युवाहरूद्वारा स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । रामचन्द्र मोक्तान : मकवानपुर थाहानगर ८ का स्थानीय युवाहरूद्वारा थाहानगरपालिका ८ नम्बर वडा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

थाहानगरपालिका वडा नम्बर ८ मा कोभिड १९ को सकृय बिरामीहरुलाई मध्यनजर गर्दै ८ नम्बर वडामा स्थायी बसोबास गर्ने, हाल काठमाडौंलाई कर्मथलो बनाउने विष्णुहरी सापकोटा ,वोधनाथ(नारायण )सापकोटा ,भूमिनन्द (हरि सापकोटा ),रविन्द्र कार्की ,राजु कार्की ,अनिल आचार्य ,रामशरण ढकाल ,रुपचन्द्र सापकोटा ,सुब्बा सापकोटा ,पुरुषोत्तम सापकोटा ,गोबिन्द सापकोटा ,कृष्ण सापकोटा र भिमसेन भण्डारीको युवा समूहले अक्सिजन सिलिन्डर एक थान , मास्क २१०० पिस, पिपिई ५ सेट ,अक्सि थर्मोमिटर ३ पिस र सेनिटाइजर १२ लिटर सहयोग गरेको थाहानगर ८ का सुमन कार्कीले जानकारी दिए ।

यस्तो विषम परिस्थितिमा सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण सहयोगि मनहरुमा थाहा ८ वडा कार्यालयको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।

प्रकाशित: समय: 12:25:48  259पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार