तामाङ कलाकार संघ मकवानपुरद्वारा हेल्प डेस्क मकवानपुरलाई सहयोग


काठमाडौं । रामचन्द्र मोक्तान : मकवानपुर को हेटौंडा अस्पताल भित्र सञ्चालनमा रहेको हेल्प डेस्क मकवानपुरलाई तामाङ कलाकार संघ मकवानपुरले सहयोग गरेको छ ।

मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष तथा तामाङ कलाकार संघ मकवानपुरका प्रमुख सल्लाहकार सानु लामाको समन्वयमा तामाङ कलाकार संघ मकवानपुरद्वारा ५० कार्टुन खानेपानी र २५ प्याकेट मास्क वितरण गरेको मकवानपुर कलाकार संघका अध्यक्ष धिरेन्द्र लामाले जानकारी दिए ।

उक्त सहयोग मकवानपुर कलाकार संघका अध्यक्ष धिरेन्द्र लामाले हेल्प डेस्कलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित: समय: 20:26:18  49पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार