थप ४४७२ मा कोरोना संक्रमण, ९२ को मृत्यु


कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् ।

आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ९७ हजार नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले कोरोना सङ्क्रमण निको हुने दर ८४ दशमलव २ प्रतिशत पुगेको छ ।

प्रकाशित: समय: 18:58:09  35पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार