युरो यु–२१ च्याम्पियनसिपको उपाधि जर्मनीलाई


पोर्चुगलको युवा टोलीलाई हराउाँदै जर्मनी युरो यु–२१ च्याम्पियनसिपको च्याम्पियन बनेको छ । स्लोभेनियामा गएराति भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो ।

जर्मनीको जितमा लुकास नेमेचाले विजयी गोल गरे । उनले खेलको ४९ औ मिनेटमा गोल गर्दै जर्मनीको युथ टिमलाई युरो च्याम्पियन बनाए ।। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलील गोलका केही सुवर्ण अवसर खेर फाल्दा र लुकासको गोलपछि थप गोल निस्कन नसक्दा सोही गोल नै जर्मनीलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

जर्मनीले लगातार तेस्रो सिजन फाइनलको यात्रा तय गर्दा दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । जर्मनी २०१७ को च्याम्पियन बन्दा २०१९ मा स्पेनसँग २–१ ले पराजित भएको थियो ।

 

प्रकाशित: समय: 7:52:13  34पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार