हेटौंडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । मकवानपुरको हेटौंडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा मकवानपुरगढि गाउँपालिका २ का ५० वर्षीय एक पुरुष, राक्सिराङ गाउँपालिका १ का ८२ वर्षीय एक पुरुष र सर्लाहीका ८६ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

उनिहरु हेटौंडा अस्पतालको कोभिड उपचार आइसियु कक्षामा भर्ना भइ उपचार गराइरहेका थिए ।

प्रकाशित: समय: 20:12:34  214पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार