
काठमाडौं । आजबाट तीन दिन मकवानपुरका केही स्थानमा विद्युत अबरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडर अन्तर्गत केही भागको तारहरु फेर्नु पर्ने भएकोले आज २३ गतेदेखि २५ गतेसम्म तीन दिन बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म युनिलिभर फिडर हेटौंडा १९ वस्तिपुरदेखि मनहरी गाउँपालिकाको लोथर सम्म तथा राक्सिराङ गाउँपालिकाको सम्पुर्ण क्षेत्रहरूमा विद्युत अबरुद्ध हुने हेटौंडा वितरण केन्द्रले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
मर्मतका कारण विद्युत अबरुद्ध हुँदा उपभोक्तामा पर्न गएको असरप्रती हेटौंडा वितरण केन्द्रले क्षमाप्रार्थी समेत मागेको छ ।