विश्वमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ हजार बढीको मृत्यु भएसंगै मृतकको संख्या ३७ लाख ३५ हजार ९९० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ७ सय भन्दाबढीमा कोरोना संक्रमण पुष्टि छ । केही दिनयता विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । हालसम्म १७ करोड ३७ लाख ११ हजार ८१९ जनामा संक्रमण भएको छ ।
संक्रमितमध्ये १ करोड ३३ लाख ९२ हजार भन्दाबढी भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये ८७ हजार बढीको अवस्था गम्भीर रहेको छ । त्यस्तै, १५ करोड ६५ लाख ८३ हजार ४२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको संयुक्त राज्य अमेरिकामा ६ लाख १२ हजार २०३ जनाको मृत्यु भएको छ भने ३ करोड ४२ लाख ४ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।
छिमेकी मुलुक भारतमा केही दिनयता संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । पछिललो २४ घण्टामा भारतमा १ लाख १४ हजार ५३७ जनामा संक्रमण भएको छ भने २ हजार ६८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ भने ३ लाख ४६ हजार ९९८ ७८४ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड ६९ लाख ७६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।