नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश


स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा बेलायतका क्यामरुन नोरीलाई हराएर नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

विश्व नम्बर तीन समेत रहेका नाडालले नोरीलाई ६-३,६-३ र ६-३ ले पराजित गरे । १३ पटकको च्याम्पियन नाडालले अब इटालीका जानिक सिन्नरसँग खेल्नेछन् । महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम १६ मा स्थान बनाएकी छिन् ।

स्विटेकले एनिट कोन्टाभिटलाई ७-६(७-४) र ६-० ले पराजित गरिन् ।महिलातर्फ नै सोफिया केनिन, कोको गाउफ, स्लोआनी स्टेफेन्सले चौंथो चरणमा स्थान पक्का गरेकी छिन् ।

प्रकाशित: समय: 7:20:10  38पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार