दक्षिण कोरियाको फराकिलो जित


फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ को एसियन छनोटमा दक्षिण कोरियाले सानदार जीत दर्ता गरेको छ ।

गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा दले क्षिण कोरिया तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित दर्ता गरेको हो । घरेलु टोलीको फराकिलो जितमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । खेलको नवौं मिनेटमा ह्वाङ उइ जोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाए । ४५औं मिनेटमा ताई हि नामले गोल गर्दै दक्षिण कोरियाको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा चाङ हुन क्वोनले गोल गर्दै दक्षिण कोरियालाई ४–० ले अघि बढाए ।

७२ औं मिनेटमा ह्वाङ उइ जोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै दक्षिण कोरियालाई ५–० को फराकिलो जित दिलाए । जितपछि समूह एचमा रहेको दक्षिण कोरिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित तुर्केमिनिस्तान ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा लेवनानले श्रीलंकालाई ३–२ ले पराजित गरेको छ । लेवनानको जितमा जोन ओउमारीले दुई तथा मोहम्मद केडाउले एक गोल गरे । श्रीलंकाका एहमेद वासिम राजिकले दुवै गोल गरेपनि हार टार्न सकेन । लेवनान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको दक्षिण कोरियासँग समान अंक भएपनि लेवनान गोल अन्तरमा पछि छ । अंकविहीन श्रीलंका पुछारमा छ ।

प्रकाशित: समय: 21:42:57  66पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार