पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । शनिबार मध्यरातिदेखि लागूहुने गरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको निगमले दाबी गरेको छ ।

प्रकाशित: समय: 21:07:13  216पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार