गाउँ गाउँमा पुग्यो रास्ट्रीय युवा संघ रामेछाप


काठमाडौं । रास्ट्रीय युवा संघ नेपाल रामेछापको युवाहरू  निरन्तर  कोभिड बिरामीको सेवामा लागिरहेका छन।
खाडादेवी गाउँपालिकाको वडा नम्बर ४ को १६ जना ,वडा नम्बर ५ को १० जना,गाउँपालिकाको कोभिड हस्पिटल मा १ जना ,वडा नम्बर ७ मा ३४ जना कोभिड सङ्क्रमण बिरामीहरुलाई भिभा, भिटामिन C,स्यानिटाइजर,मास्क बोकेर गाउँ गाउँ पुगेका हुन ।
खाडादेवी गाउँपालिकाको कोभिड हस्पिटल र स्वास्थ  चौकी टिमु मा  भिटामिन सि  इन्चार्जहरुलाई उपलब्ध गरेका छन ।
उक्त अभियानमा संघको स्थायी कमिटी सदस्य अमित कार्की,सचिवालय सदस्य एवं रामेछाप जिल्ला अध्यक्ष गणेश बज्र लामा,केन्द्रिय सदस्य एवं जिल्ला उपाध्यक्ष सुरेन्द्र बहादुर कार्की,जिल्ला सदस्यहरु रामहरी कार्की,रमेश बुढाथोकी ,खाडादेवी काठमाडौ सम्पर्क मन्च को उपाध्यक्ष उदय बहादुर कार्की,माकादुम वडा कमीटि सहसचिव ऋषि राम कार्की लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

प्रकाशित: समय: 19:36:18  725पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार