थाहा देउखेलका मातृभूमि बचाउ अभियान युवाहरूबाट स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं । रामचन्द्र मोक्तान : थाहानगरपालिका वडा नम्बर ७ देउखेलका मातृभूमि बचाउ अभियान युवाहरूबाट थाहानगरपालिका वडा नम्बर ७ वडा कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

आज वडा कार्यालयमा पुगेर एक हजार थान सर्जिकल मास्क,१४४ थान साबुन ,७५ थान डिजिटल थर्मोमिटर,र १० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको थाहा ७ देउखेलका मातृभूमि बचाउ अभियानका युवा बल बहादुर गोङबाले जानकारी दिए ।

ती सबै स्वास्थ्य सामाग्री थाहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानलाई हस्तान्तरण गरिएको थियो ।
यो अभियानमा हाल दक्षिण कोरिया रहनुहुने रामकृष्ण कार्की (साकार ) ले सुरु गर्नु भएको थियो । सहयोगि मनहरुप्रती वडाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ ।

प्रकाशित: समय: 16:58:59  392पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार