विश्वमा १५ करोड ६० लाख मानिस कोरोनामुक्त


पछिल्ला केही दिनयता विश्वमा कोरोना भाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९३ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ लाख १६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वमा संक्रमण मुक्त हुनेको संख्या १५ करोड ६० लाख ५९ हजार ४१० पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ९०.१७ प्रतिशत हो ।

यस्तै, हालसम्म विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख १८ हजार ४७० पुगेको छ । संक्रमितमध्ये १ करोड ३५ लाख ३१ हजार ७७७ जना होम तथा संस्थागत आइसोलसनमा सक्रिय संक्रिमत रहेका छन् । जसमध्ये ८८ हजार १ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार २८३ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सयबढीको मृत्यु भएको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा ६ लाख १२ हजार २४० जनाको मृत्यु भएको छ भने ३ करोड ४१ लाख ९२ हजार भन्दाबढी संक्रमित भएका छन् ।

दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ४४ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जनामा संक्रमण भएको छ भने ३३ सय ८२ संक्रमितको मृत्यु भएको छ । भारतमा हाल संक्रमितको संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

 

प्रकाशित: समय: 9:07:51  231पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार