थाहामा निरन्तर कोरोना संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण


काठमाडौं । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ स्थित कोरोना संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

कोरोना संक्रमितहरुको मनोबल उच्च बनाउन र शारीरिक तन्दुरुस्तीका लागि कोरोना संक्रमितलाई प्रति संक्रमित एक केजी चना,१५ वटा अण्डा,एक थान साबुन ,१५ पिस सर्जिकल मास्क,१ वटा सेनिटाइजर,वितरण गरिएको थाहानगर ७ का वडा सदस्य एवं थाहानगर सामाजिक विकास समिति सदस्य दिपेन्द्र कुमार थिङले जानकारी दिए ।

बाँकी संक्रमितलाई यसरी नै निरन्तर पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण गरिने समेत सदस्य थिङले बताए ।

प्रकाशित: समय: 19:37:54  167पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार