थप ६६५३ मा कोरोना संक्रमण,८६६३ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा कोभिड १९ संक्रमितको संख्या स्थिर रहे पनि निको हुनेको संख्या वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् भने ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एक सय १ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ रहेको छ । मन्त्रालयका अनुसार ७ सय ५५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित: समय: 17:50:21  230पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार