आजबाट तरकारी र खाद्यान्न पसल बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न पाउने


काठमाडौं । मकवानपुरमा आजबाट तरकारी र खाद्यान्न पसल बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न पाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड १९ संकट व्यवस्थापनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पानी,खाद्यान्न ,दूध,माछा ,मासु ,अण्डा,फलफूल तथा तरकारी बिक्री वितरण गर्न बिहान ४ बजेबाट ९ बजेसम्म पसल खोल्न पाइने भएको हो ।
निषेधाज्ञालाई भने जेठ ३१ गते सोमबार राती १२:०० बजे सम्म जारी रहने प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित: समय: 9:13:17  233पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार