ओलीको निरंकुश र हैकमवादी निर्णयले पार्टी विसर्जनको अवस्थामा:नेपाल पक्षका १७ जनसंगठन


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका १७ वटा भ्रातृ संगठनले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गरी १७ जनसंगठनका प्रतिनिधिहरुले जेठ २ मा पार्टी नफर्काउने हो भने नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको भएपनि अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएकाले ओलीले गरेका सवै निर्णय खारेज हुनुपर्ने माग समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा एमाले र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा एमाले निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।’

प्रकाशित: समय: 20:39:29  314पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार