थप ६८२५ मा कोरोना संक्रमण,५९०४ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५६२ जनाको पीसीआर र ३२११ जनाको एन्टीजेन गरी २१७७३ जनाको परीक्षण गर्दा ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६३०, भक्तपुर १२९ र ललितपुरमा २९८ जना गरी २०५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६९३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४६७४६७ पुगेको छ । त्यस्तै थप ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ ।

क्वारेन्टाइनमा ८३१ जना छन् भने आइसोलेसनमा १०१८३९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: समय: 17:22:46  226पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार