एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिए । उनका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित: समय: 16:04:53  365पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार