काठमाडौं । नेपाल तामाङ घेदुङ साइप्रसद्वारा २५६५ औं बुद्ध जयन्तीको अवसर पारी शान्ति पूजा कार्यक्रम सम्पन्न गरेको छ।
पूजा कार्यक्रमको सुरुवात बौद्ध धर्म अनुसार लामा विभाग सदस्य किन्जाङ घिसिङ साथमा माया ग्लान र विष्णु माया तामाङको मोलमबाट भएको थियोे।
कार्यक्रमको प्रमुख अतिथि नेपाली अवैधानिक वाणिज्य दुत डाक्टर राम जीवन परियार, विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ साइप्रसका प्रमुख संरक्षक सुवास मल्ल, बिशेष अतिथि गैर आवासीय संघ साइप्रसका सल्लाहकार सुरेश शाह, अतिथि एकता मञ्चका सल्लाहकार धाता नन्द पाण्डे, अतिथि गैर आवासीय नेपाली संघ साइप्रसका प्रबक्ता तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य दिनेश गौतम, नेपाल तामाङ घेदुङ साइप्रसका महासचिव मिना लामा , अध्यक्ष लक्ष्मी ब्लोन लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेपाल तामाङ घेदुङ साइप्रसका सदस्य वीणा वाईबाले जानकारी दिइन्।
कार्यक्रम नेपाल तामाङ घेदुङ साइप्रसकी संस्थापक अध्यक्ष नानू गोम्जा तामाङ, गैर आवासीय नेपाली संघ साइप्रसका संरक्षक सुवास मल्ल र गैर आवासीय संघ साइप्रसका सल्लाहकार सुरेश शाहद्वारा सदस्यहरुलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियोे ।
कार्यक्रमका लागि निकोसिया सेफ हाउस अफिस व्यवस्था गरि दिनुहुने गैर आवासीय नेपाली संघ साइप्रसका प्रमुख संरक्षक सुवास मल्ल र प्रत्यक्ष अप्रत्यक्ष रूपमा कार्यक्रमलाई सफल पार्नका लागि सहयोग गर्नुहुने संस्थाका सल्लाहकार, पदाधिकारी, सचिवालय सदस्य, कार्य समितिका सदस्य लगायत सम्पूर्णलाई नेपाल तामाङ घेदुङ साइप्रस परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेको छ।