कवि थोकरको “लीला” सार्वजनिक


कवि ईश्वर थोकरको “लीला” कविता संग्रह सार्वजनिक भएको छ। शब्दघरको आवरणकला रहेको कविता संग्रहलाई स्वीकृति थोकर भक्तपुरले प्रकाशन गरेको हो।

कविले आफ्नो जीवन साथी लीला पुन मगरलाई समर्पित गरेर लेखिएको संग्रहमा १४ वटा कविताहरु संग्रहीत छन् । संग्रहमा कवि थोकरको जीवन साथी लीला पुन मगरकै भूमिका रहेको छ र उनलेे लेखेकी छिन् ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ । उनको नजिक पर्न चाहन्थेँ । उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थेँ । उनीसँगै जिउन चाहन्थेँ, उनीसँगै मर्न चाहन्थेँ । यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रुपमा पाएको छु । थ्याङ्स गड !’

यसअघि कवि थोकरको पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४) र ल्हुइलागोङमा (संस्मरणसङ्ग्रह, २०७६) प्रकाशित छन्। तामाङ ग्योइकाइ पुरस्कार (२०७१) पुरस्कारबाट पुरस्कृत कवि थोकर काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ निवासी हुन् ।

प्रकाशित: समय: 10:19:32  95पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार