एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं । सरकारले यस वर्षको माध्यमिक कक्षा परीक्षा (एसईई) को नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यससम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । राष्ट्रिय परिक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न मन्त्रालयलाई प्रस्ताव गरेको थियो । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।

प्रकाशित: समय: 22:53:54  316पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार