पदमपोखरिमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण


काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको पदमपोखरिमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र चितवनले सोमबार गुप्तेश्वरी मकै ब्लक व्यवसायिक मकै बीउ उत्पादक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामाग्री तथा बीउ विजन वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरिका गुप्तेश्वरि मकै ब्लक व्यवसायीक मकै बीउ उत्पादक कृषकहरुलाई मिनिटिलर १३ थान,मकै छोडाउने मेसिन २३ थान, स्प्रेयर पम्प ८ थान,तिरपाल १२८ थान,पावर बुडर ७ थान,मकै प्रजनन बीउ १५० केजी ,तराजु ४ थान,फौजी किरा नियन्त्रण पासो १०० थान,लगायत विभिन्न कृषि सामाग्री वितरण गरेको गुप्तेश्वरि मकै ब्लक संचालक समितिका सदस्य देव माया सिन्तानले जानकारी दिए ।

सोमबारबाट कृषकहरुलाई कृषि सामाग्री वितरण गर्न थालिएको र पालैपालो समुहका सबै कृषकहरुलाई समेत कृषि सामाग्री वितरण गरिने संचालक समितिका सदस्य सिन्तानले बताइन् ।

कृषकहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले एक कार्यक्रमका बीच कृषि सामाग्री वितरण गरेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १२ का जनप्रतिनिधि लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित: समय: 7:22:57  1192पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार