हेटौंडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । मकवानपुरको हेटौंडा अस्पतालमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका हेटौंडा ५ का ६५ वर्षीय एक पुरुष र बारा सिमरनगड १ बस्ने ३४ वर्षीय एक पुरुष को मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

दुबै जनाको आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित: समय: 21:21:53  43पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार