मकवानपुरको राप्तिखोलामा एक प्रहरीको शव फेला


काठमाडौं । मकवानपुरको हेटौंडा स्थित राप्तिखोलामा एक जना प्रहरीको शव फेला परेको छ ।

हेटौंडा १० राप्तिखोलामा डुबेको अवस्थामा शव फेला परेका प्रहरी उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत प्रहरी सहायक निरीक्षक ४७ वर्षीय केशव बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

गोरक्षश्वर मन्दिर नजिक आज बिहान खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रकाशित: समय: 17:02:25  58पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार