राक्सिराङमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ५ घाइते


काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका १ बेलटार स्थित बेसिघाटमा गएराती बोलेरो जिप दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

राक्सिराङको बेसिघाटबाट हेटौंडा तर्फ जाँदै गरेको ना १५ च ३९२० नम्बरको बोलेरो जिप आफै अनियंत्रित भइ सडकबाट करिब १५० मिटर तल खस्दा स्याङतानको घटना स्थलमै मृत्यु भएको हो ।

घाइतेहरूमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो,जिपमा सवार १८ वर्षीय मञ्जु ल्हो,१६ वर्षीय अमृत दोङ,२३ वर्षीय आकृति मोक्तान ,मनहरी गाउँपालिका ७ बस्ने १७ वर्षीय दोर्जे गोङ्बा रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 12:11:32  58पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार