नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु


काठमाडौं । मकवानपुरको हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा १७ दियालो दमारका ९० वर्षीय कान्छीमाया गुरुङ रहेकी छिन् ।

शुक्रबार दिउँसो घरको आँगनमा बसिरहेको बेला कान्छीमायालाई आफ्नै नाति २२ वर्षीय आकाश गुरुङले बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घाइते गुरुङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नाति आकाशलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 21:50:34  53पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार