हेटौंडाको  अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं  । मकवानपुरको हेटौंडा अस्पतालमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका हेटौंडा ७ का ४० वर्षीय एक पुरुष र हेटौंडा ४ कि ३७ वर्षीय एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

महिलाको आज दिउँसो ०४:४५ बजे र पुरुषको ५:३० बजे मृत्यु भएको हेटौंडा अस्पतालले जनाइएको छ ।

प्रकाशित: समय: 20:55:20  55पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार