थापालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवारी दर्ताका लागि हेटौंडा गएका छन् ।

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले उम्मेदवारी मनोनयन दर्ता गरिसकेका छन् । अब यो पदमा थापा र देवकोटाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित: समय: 12:36:24  80पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार