युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाईटेड र भियारियल भिड्ने


युरोपा लिग फुटबलको उपाधिका लागि म्यानचेष्टर युनाईटेड र भियारियल भिड्ने भएका छन् । सेमिफाईनलको दोस्रो लेगमा रोमासंग ३–२ ले पराजित भएपनि म्यानचेष्टर युनाईटेडले समग्रमा ८–५ को नतिजा निकाल्दै उपाधि यात्रा तय गरेको हो ।

रोमाको मैदानमा पहिलो हाफमा बनाएको १–० को अग्रता युनाईटेडले जोगाउन सकेन् । ईडिसन काभानीले ३९ औ मिनेटमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा ईडिन जेकोले गोल गर्दै रोमालाई बराबरीमा पुर्याएका थिए । त्यसको ३ मिनेटपछि बायर्न क्रिष्टेनले गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए ।

८० औ मिनेटमा काभानीले ब्यक्तिगत दोस्रो गोल गर्दै युनँईटेडलाई बराबरीमा पुर्याए । ८३ औ मिनेटमा उपहार गोल पाएसंगै रोमा विजयी भयो । यद्यपी पहिलो लेगमा आएको ६–२ को नतिजाका कारण युनाईटेड फाईनलमा पुग्न सफल बन्यो ।

आर्सनललाई समग्रमा २–१ गोल अन्तरले हराउदै भियारियललेपनि उपाधि यात्रा तय गरेको छ । दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा निकालेको २–१ को नतिजा नै उसलाई फाईनलमा पुर्याउन पर्याप्त बन्यो । युनाईटेड र भियारियलबिचको फाईनल खेल मे २७ मा हुनेछ ।

प्रकाशित: समय: 7:26:54  71पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार