वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

प्रेमध्वजका ’घुम्तीमा नआउ है’, ’पर लैजाउ फुलहरु’, ’नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।

प्रकाशित: समय: 15:44:52  75पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार