मकवानपुरमा आज थप ६८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । मकवानपुरमा आज थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ८८ जना को पिसिआर परिक्षणमा ६३ जना र ९ जनामा एन्टिजेन विधिबाट गरेको परिक्षणमा ५ जना गरि जम्मा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडा सहित थाहा नगरपालिका,मनहरी गाउँपालिका, बकैया गाउँपालिका र हेटौंडा का ठेगाना नखुलेका रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा ३६ जना पुरुष र ३२ जना महिला रहेका छन् ।

पुरा विवरण सहित l?

प्रकाशित: समय: 15:19:57  56पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार