राष्ट्रियसभा उपनिर्वाचनमा जीत सुनिश्चित हुने गरी मतदातासँग छलफल गर्ने एमालेको निर्णय


काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए । आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन(वाग्मती प्रदेश) हुँदै छ । सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रकाशित: समय: 14:01:52  48पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार