थप ८६०५ मा कोरोना पुष्टि,५८ को मृत्यु,१९९३ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार ६ सय भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ । थपिएकामा काठमाडौं उपत्यकाका मात्र ४ हजार ८ सय २५ जना हुन् । काठमाडौंका ३८ सय ४९, ललितपुरका ५ सय १८ तथा भक्तपुरका ४ सय ५८ जना हुन् ।

त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । एकै दिन मृत्यु हुनेको संख्या पनि हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

प्रकाशित: समय: 16:57:06  95पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार