काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थपियो


काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञा जारी गरेका थिए ।

अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ पनि खोल्न दिइएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

प्रकाशित: समय: 16:41:49  39पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार