हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । मकवानपुरको हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको ईमर्जेन्सी वार्डमा उपचार गराईरहेकी एक महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका ६ निवासी ४१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो l उनले हिजो पिसिआर परिक्षणका लागि स्वाब दिएकी थिइन् ।

स्वास्थ्यमा समस्या आएपछि हिजो अस्पताल आएकी उनको आज बिहान ४ बजे मृत्यु भएको हो ।

प्रकाशित: समय: 10:45:41  46पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार