मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु दुई जना घाइते


काठमाडौं ।मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ डुम्रेकुनामा आज चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका मकवानपुरगढी २ बस्ने २५ वर्षीय विराज वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई डुम्रेकुनाको सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपाछी थप उपचारका लागि हेटौंडा अस्पतालमा ल्याएको र उनको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाइएको छ ।

चट्याङबाट सोही स्थान बस्ने ५६ वर्षीय बिरवल वाईबा र ४६ वर्षिय वीर बहादुर वाईबा घाइते भएका छन् l घाइतेहरुको अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहानैबाट पानी परिरहेकोले गढी ५ का बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका ३ जनालाई बिहान १० बजे चट्याङ लागेको थियो ।

प्रकाशित: समय: 18:44:53  46पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार